गार्डसँगको लफडापछि मन्त्री भन्छन्ः घटनाबारे बुझेरमात्र बोलौं
काठमाडाैं | भदौ २०, २०७९
गरुड सेक्युरिटिजका सुरक्षागार्डले ठमेलको छायाँ सेन्टरमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भनेपछि निम्तिएको लफडापश्चात् आज बिहानै मन्त्री श्रेष्ठले स्टाटस लेखेका छन् ।
स्टाटसमा मन्त्री श्रेष्ठले पब्लिकबाट आएको प्रतिक्रियाले ध्यानाकर्षण भएको भन्दै आफ्नो सेक्युरिटीमाथि दुव्र्यवहार भएको उल्लेख गरेका छन् ।
‘त्यो घटनामा लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकाले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो’ उनले लेखेका छन् ।

साथै, मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेरमात्र प्रतिक्रिया दिन र सबै नेता, मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रहसमेत गरेका छन् ।
पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ ।
गुरुङ् हाल दरबारमार्ग प्रहरी प्रभागको थुनामा छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

