'ड्रिङ्क एण्ड ड्राइभ'मा थिए मल्ल

कास्की | बैशाख २१, २०७९

'ड्रिङ्क एण्ड ड्राइभ'मा थिए मल्ल

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक एन्जेल बम मल्लले मादक पदार्थ सेवन गरि सवारी चलाएको निष्कर्ष निकालेको छ । काठमाडौंबाट पक्राउ परेका मल्ललाई पोखरामा आज सार्वजनिक गर्दै मादक पदार्थ सेवन सहित चरम लापरवाही सहित सवारी चलाएको जानकारी दिएको हो । 

 

कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार दुर्घटना पश्चात फरार रहेका मल्ले भाग्दै गर्दा समेत एक बोतल वियर खाएका थिए ।   दुर्घटना भएपश्चात मल्लले  मोटरसाईकल लिफ्ट मागी पर्वतको कार्कीनेटा (आफ्नो घर) पुगेका थिए । त्यसपछि उनले घरकै मोटरसाइकल लिगेर स्याङ्जा हुदै पाल्पा पुगे । त्यो रात पाल्पामै बिताएको डिएसपी तिवारीले बताए । तिवारीका अुनसार अर्काे दिन बुटवल चितवन हुदै काठमाडौं पुगेका थिए ।

 

उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने प्रवृतिले कुनै परिवारको खुशी खोस्ने बताए ।  उनले उक्त घटनालाई उदाहरण दिदै भने, ‘यो ड्रिङ्क एण्ड ड्राइभ नराम्रो प्रवृति हो । यसले कुनै सुखी परिवारको खुशी खोस्छ ।त्यसैले यसको अन्त्य हुनुपर्छ ।’ 

 

मल्ललाई के हुन्छ कारवाही?

कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका कार चालक मल्ललाई पहिलो पटक ७ दिन म्याद थप गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए । 

 

उनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार तिन वटा अवस्था मध्ये प्रमाणित भएको कसुरमा कारवाही हुने बताए ।  ‘तिनवटा अवस्था छ । जानीजानी दुर्घटना गर्याे, कसैलाई मार्याे वा किच्यो । यो पहिलो अवस्था हो । दोस्रो, लापरवाही तवरले सवारी चलाएर कसैको ज्यान गयो र अर्काे भवितव्य दुर्घटना भयो, एसपी थापाले भने, ‘हामीले संकलित गरेको  प्रमाणका आधारमा उपयुक्त दफा अनुसार कारवाही गर्छाै ।’

 

उनका अनुसार मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको टोली र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सहयोगमा पक्राउ गरिएको हो ।

 

कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा गत आइतबार पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पर्वतका ४५ वर्षिय जितबहादुर पुनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सुजिना पुनले आइतबारनै ज्यान गुमाएका थिए । 


 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्