अवैध सम्बन्धले निम्त्यायो सेतीमायाको काल

कास्की | बैशाख २१, २०७९

अवैध सम्बन्धले निम्त्यायो सेतीमायाको काल

पोखरा:  पोखरा ६ लेकसाइड स्थित बिजिबी गल्लीमा बस्ने ३६ वर्षिय सन्तोष जलारी, बैशाख ५ गते घरै थिए । दिउँसो साढे १ बजे भाडा पखालेर कोठामा छिरेका के थिए । त्यतिकैमा ४४ वर्षिया सेतीमाया अधिकारी सन्तोषको डेरामा आइपुगिन ।

उनीहरुको चिनजान नयां थिएन । सेतीमाया सन्तोषको कोठामै पसिन । दुईबिच सामान्य गफ भयो ।  त्यतिकैमा सेतीमायाले दिउँसै रक्सी पिउने प्रस्ताव राखिन् । तर सन्तोषले स्वीकारेनन् । सेतीमायाले भनिन्, के हो भाउ बढेको हो ? सन्तोषले त्यसो नभएको जवाफ दिए ।  त्यसपछि दुइबिच हुने सम्बन्धको बारेमा भनाभन भयो । सन्तोषलाई सेतीमायाले गालामै झापड हानिन । 

 

रिसले चुर परेका सन्तोषले पनि एक झापड फर्काउने निधो गरे र हाने । सन्तोषले टाउकोमा हानेको झापड सेतीमाया छल्दा घाटीमा लाग्यो ।  त्यसपछि सेतीमाया काप्दै ढलिन् । सन्तोषले पानी छर्किए तर सेतीमाया उठिनन् । सेतीमायाले देह त्यागे ।

 

आफु फस्ने डर मान्दै उनले सेतीमायाको शव अर्काे कोठीमा गलैचाले बेरेर लुकाए । किनभने दिउँसो ३ बजे पछि छोराहरु स्कुलबाट आउने समय थियो ।  उनले उक्त शवलाई पन्छाउन चिसापानी सम्झे । उनले गलैचा धुन फेवाताल लाने भन्दै आफ्नो ठुलो छोरा १८ वर्षिय साजन जलारीलाई गुहारे ।  त्यसपछि उनले उक्त शवलाई ठेलामा हालेर पोखरा २२ मा पर्ने चिसापानी फालेर फर्किए । 
 

 

सेतीमायाको शवलाई फालेर घर फर्केका सन्तोष जलारीलाई सार्वजनिक गर्र्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले भने, ‘फेला परेको शवमा अस्वाभाविक चिन्हहरु देखिएपछि हामीले अनुसन्धान अघि बढाएका थियौ । हामीले त्यो क्षेत्रको सिसिटिभी फुटेजहरु खोज्ने क्रममा एउटा यस्तो भेटायौ जहाँ ठेला ढकल्दै गरेको दृश्य प्रष्ट छ । त्यसैमा केन्द्रीत रहेर अनुसन्धान गर्दै जादा यो सबै खुलेको हो ।’

 

एसपी थापाले वडा प्रहरी कार्यालयका बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज भण्डारीको सक्रियतामा यय घटनाको अनुसन्धानमा सफलता मिलेको उल्लेख गरे । 

 

उनले अवैध सम्बन्धकै कारण सेतीमायाको ज्यान गुमेको प्रष्ट पारे । उनको हत्यामा संलग्न रहेका पोखरा १८ का सन्तोष जलारीलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको जानकारी दिए ।  मृतक सेतीमाया अधिकारी दिप्रुङ चुईचुम्पा गाउँपालिका १ खोटाङ घर भई हाल अस्थायी रुपमा पोखरा ५ मालेपाटन बस्दै आएकी थिईन् ।
 
 

काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्...

थप पढ्नुहोस्