दुई सय २१ जना कोरोना सङ्क्रमित

काठमाडाैं | भदौ २०, २०७९

दुई सय २१ जना कोरोना सङ्क्रमित

 

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ । 

 

आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । 

 

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन् ।

 

होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, सघन उपचार कक्ष (आइसियु)मा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप दुई लाख ६९ हजार छ सय ४५ जनाले लगाएका छन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्