वर्षाले कावासोती जलमग्न

नवलपरासी | भदौ २२, २०७९

वर्षाले कावासोती जलमग्न

 

पूर्वी नवलपरासी । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । 

 

कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन् । पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ । नारायणघाट–बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो । नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ । 

 

कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । बुटवल–नारायणघाट सडकको काम समयमै सम्पन्न नहुँदा घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने समस्याले सकस भएको स्थानीयले बताएका छन् । 

 

“सडकको कालोपत्र भत्किएर बनेका ठूला खाल्डामा पानी जम्दा आवतजावतमा समस्या भएको छ”, स्थानीय रमेश थापाले बताउनुभयो । वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र  आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको उहाँले बताउनुभयो ।

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत ...

थप पढ्नुहोस्

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

थप पढ्नुहोस्

पाल्पा:  बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ । &...

थप पढ्नुहोस्