प्रेस युनियन काठमाडौँको कावा अध्यक्षमा रेग्मी
काठमाडाैं | भदौ २२, २०७९
काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन हुनुभएको छ ।
काठमाडौँ शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो । शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो ।
विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस)मा स्थानीय समाचारदाताका रुपमा कार्यरत रेग्मी काठमाडौँ उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

