मास्केलाई पराजित गर्दै भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित
काठमाडाैं | भदौ २३, २०७९
काठमाडौँ : नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित हुनुभएको हो ।
आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव हुनुहुन्थ्यो । यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ८५ तथा प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गर्नुभयो ।
यस्तै कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ७८ तथा प्रतिस्पर्धी रीता कोइरालाले ४६ मत प्राप्त गर्नुभयो । सङ्घको बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम लाछिवा ६४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धि ज्योती केसीले ५९ मत प्राप्त गर्नुभयो ।
सङ्घको नयाँ नेतृत्वसहित सात उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घमा दुई उपाध्यक्ष र १० सदस्य मनोनयनबाट आउने व्यवस्था छ । मतदान अघिनै छ उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा गण्डकी प्रदेशबाट याम गुरुङ, मधेस प्रदेशबाट उपेन्द्र यादव, सुदूरपश्चिम प्रदेशबाट हरकसिंह धामी, कर्णाली प्रदेशबाट भरतबहादुर शाह, प्रदेश १ बाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भीम ओली निर्विरोध निर्वाचित हुनुभयो ।
सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट झकबहादुर मिदेन, कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेसबाट मोहम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमती प्रदेशबाट सुनकेशरी माली निर्विरोध निर्वाचित हुनुभयो । निर्वाचनमा एक सय २६ मतदाताले मतदान गर्नुभएको थियो ।
–––
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

