साँगाका तीन सय ४६ घरपरिवारलाई खानेपानी
काभ्रेपलाञ्चोक | भदौ २५, २०७९
 
                                
                            
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक को बनेपा नगरपालिका–१३ र १४ का बासिन्दालाई स्वच्छ खानेपानी वितरण गरिएको छ । खानेपानीको समस्या रहेको यहाँका बासिन्दालाई विभिन्न दातृ निकायको सहयोग तथा स्थानीय उपभोक्ताको संयुक्त आयोजनामा साँगाकोट खानेपानी जल उपभोक्ता समितिले डिपबोरिङ खानेपानी परियोजना सम्पन्न गरी दुई वडाका तीन सय ४६ घरपरिवारलाई खानेपानी वितरण गरिएको हो ।
 
अटोनोमस प्रोभिन्स अफ बोल्जानो इटाली, प्रो नेपाल इटाली र आपसको निम्ति समाज नेपालको सहयोगमा सो परियोजना सम्पन्न भएर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका संयोजक जीवन श्रेष्ठले बताउनुभयो । खानेपानी आयोजनाको आज भएको उद्घाटन कार्यक्रममा संयोजक श्रेष्ठले तीन वर्ष अगाडि सुरु गरिएको आयोजना कोभिड–१९ को प्रभावका कारण ढिलो सम्पन्न भएको जानकारी दिनुभयो ।
‘शुद्ध पिउने पानी आजको आवश्यकता, सहज उपलब्धता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ ‘एक घर, एक धारा’ अभियानअन्तर्गत अहिले तीन सय ४६ घरपरिवारलाई स्वच्छ पिउने पानी वितरण गर्न सफल भएको छ । संयोजक श्रेष्ठले भन्नुभयो, “पानीको मुहान र ट्याङ्की निर्माणको क्षमताअनसुार करिब छ सय घरपरिवारलाई वितरण गर्न सकिने भएकाले बाँकी घरहरूलाई बजेट र आवश्यक व्यवस्थापनको काम सम्पन्न गर्दै वितरण गर्दै जानेछौँ ।”
साँगा आसपासका इटाचा, दिपडोल र गोसिन्चा गाउँमा थप बजेटको व्यवस्थापन गर्दै पाइप र धारा जडान गरी पानी वितरण गर्ने जनाएको छ । रु एक करोड ५१ लाख १९ हजार आठ सय ६८ लागतमा सो आयोजना सम्पन्न भएको हो । सम्पन्न भएको आयोजनाले टाढा–टाढाबाट पानी बोकेर दैनिक घर चलाउने महिलाका लागि अझ थप सहज भएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले शुभकामना सन्देशमार्फत आयोजना पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
साँगाका स्थानीय समाजसेवी प्रचण्डराज प्रधानले दातृ निकायको सहयोगमा साँगावासीलाई पिउनेपानी उपलब्ध गराउन धेरै कष्ट गरेर सफल भएको बताउनुभयो । पानीको मुहान तल र बस्तीमाथि भएकाले बोरिङ गरी वितरण गरेको पानीलाई थप शुद्धीकरणका लागि प्रशोधन केन्द्र निर्माण गरी वितरण गर्न आवश्यक रहेकाले त्यसका लागि नगरपालिकाबाट सहयोग गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            