निर्वाचनमा ‘पास’ विना यातायात चलाउन प्रतिबन्ध
काठमाडाैं | बैशाख २३, २०७९

काठमाडौं: निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।
आयोगले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउन पाउनेछन् । सवारी साधान प्रयोग गने अनुमतिपत्र मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् ।
त्यस्तै, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने (पास) अनुमतिपत्रका लागि आयोगमा स्थापना गरिने एकीकृत सवारी साधन आवागमन डेस्कमा पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
सवारी साधान अनुमतिका लागि वैशाख २८ गतेसम्म निवेदन दिइ सक्नुपर्ने पनि आयोगले जनाएको छ । आयोगले निर्वाचन कार्यमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिने जनाएको छ भने विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति दिइने छैन ।
यसैगरी, अन्तर्राष्ट्रिय हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरुका हकमा पासपोर्ट, भिसा र हवाइ टिकटका आधारमा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको व्यवस्था काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउने छ।
त्यस्तै, एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिटी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।
मतदानको दिन मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेमा सुरक्षा निकाय र सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिन सक्ने माण्डदण्डमा उल्लेख छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...