बालबालिकालाई जिम्मेवार नागरिक बनाउन लागि परौँ: प्रदेश प्रमुख शर्मा
काठमाडाैं | भदौ २९, २०७९
काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्वन्धित पक्षलाई लागि पर्न आब्हान गर्नुभएको छ । बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारीगर्दै प्रदेश प्रमुख शर्माले बालबालिकाको सवालमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरुको स्थानीय, प्रदेश तथा सङ्घ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
प्रदेश प्रमुख शर्माले सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ ।
‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज मनाइँदै गरिएको ५८औँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा सम्पूर्ण बालबालिका तथा अभिभावकहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु”, प्रदेश प्रमुख शर्माद्वारा जारी सन्देशमा भनिएको छ ।
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

