नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडाैं | भदौ २९, २०७९

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अङ्कमा पुगेको छ । 

 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले वृद्धि भई तीन सय ८५ दशमलव ३६ मा पुगेको छ । कूल दुई सय २७ कम्पनीको ४६ लाख १८ हजार पाँच सय १६ कित्ता शेयर रु एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० मूल्यमा खरिद बिक्री भए ।

 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैङ्किङ २४ दशमलव ४६, व्यापार एक सय सात दशमलव २९, होटल तथा पर्यटन ६६ दशमलव ९७, विकास बैंक एक सय ६० दशमलव ८९, जलविद्युत् ७८ दशमलव ६१, वित्त ९७ दशमलव १३, निर्जीवन बीमा एक सय १६ दशमलव ९६, उत्पादन एक सय ११ दशमलव ७५, अन्य ४० दशमलव पाँच, लघुवित्त एक सय छ दशमलव ३३, सामूहिक लगानी कोष शून्य दशमलव १८ र लगानी एक दशमलव ५६ अङ्कले वृद्धि भएको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ४२ अर्ब २१ करोड ९४ लाख ९७ हजार नौ सय ९६ बराबर रहेको छ ।

    

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ५१ लाख ६९ हजार तीन सय २८ बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु चार करोड ५७ लाख सात हजार सात सय २२, हिमालयन एभरेष्ट इन्सुरेन्स रु चार करोड ३४ लाख ४७ हजार, अपी पावर कम्पनी रु चार करोड २९ लाख ६८ हजार छ सय र हिमालयन डिस्टिलरीको रु तीन करोड ९२ लाख ३७ हजार आठ सय १७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    

नेप्सेका अनुसार, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी आठ दशमलव ३२, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी सात दशमलव ८१, सामुदायिक लघुवित्त सात दशमलव ८०, गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सात दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

    

त्यस्तै, एनआइसी एसिया क्याप फन्ड १०, एनआइबिएल प्रगति फन्ड आठ दशमलव ९५, सनराइज फस्ट म्युचुअल फन्ड सात दशमलव ६७, सानिमा लार्ज क्याप फन्ड तीन दशमलव १९, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले दुई दशमलव ६५ प्रतिशतले गुमाएका छन् । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्