धनुषामा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका बनाउन विवरण सङ्कलन
काठमाडाैं | भदौ ३०, २०७९
धनुषा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ ।
बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिनुभयो । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताउनुभयो । जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।
उहाँले जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा विवरण सङ्कलन कार्य सुरु गरिएको जनाउनुभयो । “बाँकी स्थानीय तहमा छिट्टै व्यवस्थापन गरिने छ । उपकरणमा समस्या देखिएकाले रोकिएको हो, दुरुस्त हुने बितिक्कै पठाउँछौँ”, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो ।
स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक कर्मचारी खटाइएको छ । सो स्थानबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ । इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।
सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र
यस्तै गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ ।
सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने भएको छ ।
परिचयपत्र बनाउन बाँकी रहेका जिल्लावासीले आउँदो असोज २ गतेदेखि आ–आफ्नो पालिकामा नै सम्पर्क गरी परिचयपत्र बनाउन सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

