हामीले लछारपाटो लाएनौ अब सिर्जना सिंहलाई जिताऔंः प्रचण्ड
काठमाडाैं | बैशाख २३, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिमा हामीले केही लछारपाटो लगाउन नसकेको भन्दै काठमाण्डौंको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई जिताउन अपील गरेका छन् ।
पाँच दलीय गठबन्धनद्वारा राजधानीमा आयोजित चुनावीसभामा बोल्दै प्रचण्डले भने ‘कांग्रेसले मेयरमा महिलालाई उठाएको छ’ उनले भने ‘माओवादी र गठबन्धनका साथीहरुले उहाँलाई मतदान गरौं ।’ कांग्रेससको उम्मेदवार नै राजधानीमा उपयुक्त भएको भन्दै प्रचण्डले सिंहको अगुवाइमा अब काठमाण्डौं बन्ने दाबी गरे ।
रुखवालाले हँसिया हथौडा र हँसिया हथौडावालाले रुखमा भोट गर्न गाह्रो मानेको बताउँदै उनले अब त्यस्तो मनस्थिति त्याग्न अनुरोध गरे ।
सोही क्रममा प्रचण्डले आफु हदै सोझो मान्छे भएकोसमेत उल्लेख गरे । ‘म साह्रै सोझो मान्छे रहेछु’ उनले भने ‘त्यही भएर केपी ओलीले दिनसम्म दुख दिए, त्यसपछि माधवजी र म लोकतन्त्र, गणतन्त्र जोगाउन भनेर बाहिरिएको हो ।’ उनले भने ‘ओली प्रवृत्ति देशका लागि घातक छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

