जनहित माविलाई प्राज्ञिक विद्यार्थी परिषदको शैक्षिक समाग्री

मुस्ताङ | भदौ ३०, २०७९

जनहित माविलाई प्राज्ञिक विद्यार्थी परिषदको शैक्षिक समाग्री

 

मुस्ताङ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले मुस्ताङको जनहित माविलाई शैक्षिक समाग्री सहयोग गरेको छ । 

 

मुस्ताङको जोमसोममा रहेको जनहित माविलाई परिषद नेपालले आज (बिहिबार) शैक्षिक समाग्री वितरण गरेको हो । 

 

६० जना विद्यार्थीहरुलाई झोला, अभ्यास पुस्तिका, जेमेट्री बक्स र सजिलो अंग्रजी बोलचाल लगायतका शैक्षिक समाग्री  प्रदान गरिएको विद्यार्थी परिषदका नेपाल सहसचिव रमेश कडेंलले जानकारी दिए । 

 

उनका अनुसार प्राज्ञिक विद्यार्थी परिषद नेपालले यसअघि पनि विभिन्न जिल्लाहरुमा शैक्षिक समाग्री वितरण गरिसकेको छ ।

 

परिषदले ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको बताउदै भने, ‘शैक्षिक समाग्री वितरणले आर्थिक स्तर न्यून भएका र पढ्न खोज्ने विद्यार्थीहरुको लागि हौसलाको बढ्नेछ ।’

 

जनहित माविका व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली, विद्यार्थी परिषद्का राष्ट्रिय सहसचिव रमेश कडेंल, विद्यालयका प्राचार्य रामचन्द्र अधिकारी, परिषदका मुस्ताङ् जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगरका संयोजक रोशनी ल्वागुण एंव विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

 

 

 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्