सुनको कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग
पाेखरा | भदौ ३१, २०७९
पोखरा ः नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनको कोटा बढाउन विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक समक्ष माग गरेको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नेपालीहरुको चाडहरुमा बजारमँ कच्चा पदार्थको माग अपर्याप्त भएको भन्दै आज शुक्रबार राष्ट्र बैंक समक्ष ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गरेको हो ।

महासंघका महासचिव किसान सुनारले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ,‘ नेपालीहरुको महान चाडपर्व दशैं, तिहार छठ तथा विवाहको लगनका महिनाहरु नजिक आईरहेको समयमा बजारमा कच्चा पदार्थको माग आपुर्ति अपर्याप्त भएको व्यापारीहरुले महशुस गरेको उल्लेख गरिएको छ ।’
बजारमा कच्चा पदार्थहरुको माग अपर्याप्त भएको भन्दै महासंघले हालको १० केजी परिमाण तत्कालका लागि दैनिक २० केजी परिमाण पुर्याउन माग गरेको छ ।
अहिले मुलुकमा तोकिएको वाणिज्य बैंकहरु मार्फत सुन सम्बन्धित क्षेत्रमा विभिन्न संघ÷संस्थाहरुको सिफारिसमा व्यवसायीहरुले विक्री वितरण गर्दै आएका छन् ।
परिमाणात्मक बन्देज अन्र्तगत पैठारी र वितरण हुने सुनको बिक्री , वितरण न्यायोचित नभएको भन्दै संघले मुलुकभर गरगहना व्यवसायीहरुले आफ्नो कामलाई आवश्यक कच्चा पदार्थ वा सुन समानुपातिक रुपमा प्राप्त गर्न नसकेको स्पष्ट पारेको छ ।
कच्चा पदार्थको अभावमा परम्परा र संस्कृति धान्नको लागि आवश्यक पर्ने गरगहना किन्न र बनाउन सुनको अभाव भएको र यस्तो अवस्थामा बजारमा अवैध आयातले प्रश्न उठाउने भएकाले गहनाको उत्पादन एवं व्यवसायमा संचालनमा निकै कठिनाई भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
यसैबीच महासंघले विगत १२ वर्षदेखि सुनको आयातमा कोटा प्रणाली लागू गर्दै आएको र यस अवधिमा व्यवसायीहरुको संख्यामा वृद्धि भएकाले संघमा आवद्ध व्यवसायीहरुको सदस्य संख्याको आधारमा कोटा पुनरालोकन गर्न माग गरेको छ ।
सदस्यको संख्याको आधारमा कोटा पुनः निर्धारण हुने गरी सुन आयात तथा विक्री वितरण सम्बन्धि व्यवस्था’ कार्यविधि –२०६८ मा समयानुकुल संशोधन गर्नसमेत पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

