सुनको कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग

पाेखरा | भदौ ३१, २०७९

सुनको कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग

पोखरा  ः  नेपाल सुनचाँदी रत्न तथा  आभुषण महासंघले सुनको कोटा बढाउन विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक समक्ष माग गरेको हो । 

 

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नेपालीहरुको चाडहरुमा बजारमँ कच्चा पदार्थको माग अपर्याप्त भएको भन्दै आज शुक्रबार राष्ट्र बैंक समक्ष ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गरेको हो । 

 

महासंघका महासचिव किसान सुनारले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ,‘ नेपालीहरुको महान चाडपर्व दशैं, तिहार छठ तथा विवाहको लगनका महिनाहरु नजिक आईरहेको समयमा बजारमा कच्चा पदार्थको माग  आपुर्ति अपर्याप्त भएको व्यापारीहरुले महशुस गरेको उल्लेख गरिएको छ ।’


बजारमा कच्चा पदार्थहरुको माग अपर्याप्त भएको भन्दै महासंघले हालको १० केजी परिमाण तत्कालका लागि दैनिक २० केजी परिमाण पुर्‍याउन माग गरेको छ । 

 

अहिले मुलुकमा तोकिएको वाणिज्य बैंकहरु मार्फत सुन सम्बन्धित क्षेत्रमा विभिन्न संघ÷संस्थाहरुको सिफारिसमा व्यवसायीहरुले विक्री वितरण गर्दै आएका छन् । 

 

परिमाणात्मक बन्देज अन्र्तगत पैठारी र वितरण हुने सुनको  बिक्री , वितरण न्यायोचित नभएको भन्दै संघले मुलुकभर गरगहना व्यवसायीहरुले आफ्नो कामलाई आवश्यक कच्चा पदार्थ वा सुन समानुपातिक रुपमा प्राप्त गर्न नसकेको स्पष्ट पारेको छ । 

 

कच्चा पदार्थको अभावमा परम्परा र संस्कृति धान्नको लागि आवश्यक पर्ने गरगहना किन्न र बनाउन सुनको अभाव भएको र यस्तो अवस्थामा बजारमा अवैध आयातले प्रश्न उठाउने भएकाले गहनाको उत्पादन एवं व्यवसायमा संचालनमा निकै कठिनाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । 

 

यसैबीच महासंघले विगत १२ वर्षदेखि सुनको आयातमा कोटा प्रणाली लागू गर्दै आएको र यस अवधिमा व्यवसायीहरुको संख्यामा वृद्धि भएकाले संघमा आवद्ध व्यवसायीहरुको  सदस्य संख्याको आधारमा कोटा पुनरालोकन गर्न माग गरेको छ । 

 

सदस्यको संख्याको आधारमा कोटा पुनः निर्धारण हुने गरी सुन आयात तथा विक्री वितरण सम्बन्धि व्यवस्था’ कार्यविधि –२०६८ मा समयानुकुल संशोधन गर्नसमेत पत्रमा उल्लेख गरिएको छ ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्