माओवादीमा प्रवेश गर्नेको ओइरो
कास्की | बैशाख २३, २०७९
पोखरा: पोखरा महानगरपालिका १८ का २ सय भन्दा बढि कार्याकता माओवादीमा प्रवेश गरेका छन् । फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानीयले पार्टी प्रवेश गरेका हुन् ।
सो अवसमा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले भुमी बिहिनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनातको समस्यासँग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको गुरुङले उल्लेख गरे ।
उनले सिंहदरबार गाउँगाउँमा ल्याएको बताउदै माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी नीति बनाउने ठाउँमा पुगेको गुरुङले बताए । राजनीतिक व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै उनले अब जनताको जिवन परिवर्तन गर्नुपर्ने धारणा राखे ।
अहिलेसम्म पोखरा १८ मा भु–माफियाले फाइदा लिएको जनप्रतिनिधिले जित्ने जानताको सेवा गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थमा भुुलेको भन्दै माओवादीको योजना नै प्रत्येक सुकुम्बासीको बासस्थानको ग्यारेन्टी गर्ने सिद्धान्त रहेको बताए । पोखरा १८ मा माओवादीको जति राम्रो योजना भएको, बिकास प्रेमी उम्मेदवार अन्य पार्टीमा नरहेको गुरुङले जानकारी दिए ।

माओवादी केन्द्रबाट पोखरा १८ मा वडा अध्यक्षको उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले विगत ३६ वर्ष देखि भोट दिएर जिताएको पार्टीले अहिलेसम्म जनताको समस्या समाधान गर्न तर्फ नलागेको बताए ।
उनीहरुले पहिला पनि जनतालाई झुकाएको जसरी अहिले पनि झुटो सपना बाडेर झुक्काउन खोजेको दावी गरे । माओवादीको जनप्रतिनिधी नभएको कारण गरिब, दुखी, दलित, जनजातिको समस्या समाधान नभएको तिमिल्सनाले सुनाए ।
अहिले पनि माओवादीले हारे उत्तपिडित वर्ग हार्ने जानकारी दिदै माओवादीले जिते जनताको सत्ता स्थापना हुने भन्दै माओवादीलाई जिताउन अनुरोध गरे ।
कहिले फेवातालमा जाली नभएको कारण मस्य व्यवसाय धरापमा परेको, कहिले खानेपानी र बिजुली जस्ता अत्यावस्थक सेवाबाट बञ्चित हुनुपरेको थियो । यस्ता समस्याको समाधान माओवादीको सरकारले मात्र गर्न सक्ने जानकारी दिए ।
पोखरा १८ निर्वाचन कमिटिका संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको आन्दोलनले गरिव निमुखा दलित र जनजातिलाई फाईदा पुगेको बताए ।
पोखरा १८ का दलित अगुवा कार्याकर्ता लक्ष्मण परियारले गरिबको पार्टीलाई जिताएर सामान्तिको अन्तय गर्नुपर्ने धारणा राखे ।
यसैगरी माओवादी केन्द्र पोखरा महानगर कमिटी सदस्य हरि भण्डारीले जलारी समुदायलाई चुनावको समयमा प्रयोग गरेर अन्य समयमा हेप्ने र चेप्ने समस्या रहेको भन्दै माओवादीले जितेमा यस्ता समस्या नहुने जानकारी दिए ।
युवा व्यवासायी तथा माओवादी केन्द्रका नेता युवराज खतिवडाले पोखरा १८ मा ३ टिमको प्रतिप्रधा रहेको जानकारी दिदै राजु तिमिल्सिनाले सार्वजनिक पदमा नबसे पनि आफ्नो ठाउँको विकास गरेको कारण वडामा विकासको लागि राजु तिमिल्सिनाको महत्व अपरिहार्य रहेको बताए ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

