माओवादीमा प्रवेश गर्नेको ओइरो

कास्की | बैशाख २३, २०७९

माओवादीमा प्रवेश गर्नेको ओइरो

पोखरा:   पोखरा महानगरपालिका १८ का २ सय भन्दा बढि कार्याकता माओवादीमा प्रवेश गरेका छन् ।  फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानीयले पार्टी प्रवेश गरेका हुन् ।

 

सो अवसमा बोल्दै  माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले भुमी बिहिनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनातको समस्यासँग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको गुरुङले उल्लेख गरे । 


उनले सिंहदरबार गाउँगाउँमा ल्याएको बताउदै माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी नीति बनाउने ठाउँमा पुगेको गुरुङले बताए ।  राजनीतिक व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै उनले अब जनताको जिवन परिवर्तन गर्नुपर्ने धारणा राखे । 

 

अहिलेसम्म पोखरा १८ मा भु–माफियाले फाइदा लिएको जनप्रतिनिधिले जित्ने जानताको सेवा गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थमा भुुलेको भन्दै माओवादीको योजना नै प्रत्येक सुकुम्बासीको बासस्थानको ग्यारेन्टी गर्ने सिद्धान्त रहेको बताए । पोखरा १८ मा माओवादीको जति राम्रो योजना भएको, बिकास प्रेमी उम्मेदवार अन्य पार्टीमा नरहेको गुरुङले जानकारी दिए । 

 

माओवादी केन्द्रबाट पोखरा १८ मा वडा अध्यक्षको उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले विगत ३६ वर्ष देखि भोट दिएर जिताएको पार्टीले अहिलेसम्म जनताको समस्या समाधान गर्न तर्फ नलागेको बताए । 

 

उनीहरुले पहिला पनि जनतालाई झुकाएको जसरी अहिले पनि झुटो सपना बाडेर झुक्काउन खोजेको दावी गरे । माओवादीको जनप्रतिनिधी नभएको कारण गरिब, दुखी, दलित, जनजातिको समस्या समाधान नभएको तिमिल्सनाले सुनाए । 

 

अहिले पनि माओवादीले हारे उत्तपिडित वर्ग हार्ने जानकारी दिदै माओवादीले जिते जनताको सत्ता स्थापना हुने भन्दै माओवादीलाई जिताउन अनुरोध गरे । 

 

कहिले फेवातालमा जाली नभएको कारण मस्य व्यवसाय धरापमा परेको, कहिले खानेपानी र बिजुली जस्ता अत्यावस्थक सेवाबाट बञ्चित हुनुपरेको थियो । यस्ता समस्याको समाधान माओवादीको सरकारले मात्र गर्न सक्ने जानकारी दिए । 


पोखरा १८ निर्वाचन कमिटिका संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको आन्दोलनले गरिव निमुखा दलित र जनजातिलाई फाईदा पुगेको बताए । 

 

पोखरा १८ का दलित अगुवा कार्याकर्ता लक्ष्मण परियारले गरिबको पार्टीलाई जिताएर सामान्तिको अन्तय गर्नुपर्ने धारणा राखे ।
यसैगरी माओवादी केन्द्र पोखरा महानगर कमिटी सदस्य हरि भण्डारीले जलारी समुदायलाई चुनावको समयमा प्रयोग गरेर अन्य समयमा हेप्ने र चेप्ने समस्या रहेको भन्दै माओवादीले जितेमा यस्ता समस्या नहुने जानकारी दिए । 

 

युवा व्यवासायी तथा माओवादी केन्द्रका नेता युवराज खतिवडाले पोखरा १८ मा ३ टिमको प्रतिप्रधा रहेको जानकारी दिदै राजु तिमिल्सिनाले सार्वजनिक पदमा नबसे पनि आफ्नो ठाउँको विकास गरेको कारण वडामा विकासको लागि राजु तिमिल्सिनाको महत्व अपरिहार्य रहेको बताए ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्