‘लेखनाथको विकासमा केही बाँकी राख्नेछैन’: एमाले उम्मेदवार थापा

कास्की | बैशाख २३, २०७९

‘लेखनाथको विकासमा केही बाँकी राख्नेछैन’:  एमाले उम्मेदवार थापा

पोखरा:   स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट मेयर पदका उमेद्वार कृष्ण थापाले पोखरालाई महानगर बनाउन महत्वपूर्ण भूमिका खेलेको लेखनाथको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले आफू निर्वाचित भए लगत्तै लेखनाथको विकास गर्ने थुप्रै परियोजना सञ्चालन गर्न दातासंग वार्ता गरिरहेको बताए ।  

 

यसका लागि लेखनाथको मुख्य बजारमध्येको एक शिशुवामा भौतिक तथा मानवीय पूर्वाधार विकासका लागि निर्वाचन लगत्तै २ अर्ब रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उमेद्वार थापाले पोखराको समृद्धि र विकासका लागि केही काम कोभिड लगायतका विभिन्न अप्रिय परिस्थितिका कारण अधुरा रहेको भन्दै ती काम पुरा गर्न थकाई नमारिकन लागिपर्ने बताएका छन् । पोखराका आम जनताले भोगिरहेका समस्या समधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने पनि उनले बताएका छन् ।

 

त्यसै गरेर उक्त सभालाई सम्बोधन गर्दै उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले स्थानीय सरकार प्रमुख भएर जिम्मेवारी सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै पोखराको समृद्धि धेरै टाढा नभएको बताएकी छिन् । यहाँका विकासमा देखिएका प्राय सबै समस्या पहिचान भइसकेकाले जनताले मौका दिएमा अझै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

 

सभामा  प्रतिनिधिसभा सांसद खगराज अधिकरी, पोखरा वडा नं ३० मा अध्यक्षका उमेद्वार सोमलाल बास्तोला लगायतले बोलेका थिए । नेकपा एमाले पोखरा ३० का अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो । 
 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्