राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई सफलता

पाेखरा | असोज ३, २०७९

राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई सफलता

 

पोखरा । नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई अधिक सफलता मिलेको छ  । गत शुक्रबार र शनिबार काठमाडौं स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगितामा कास्कीका खेलाडीहरुले विभिन्न तौल समूहमा पदक जितेका हुन् । 

 

प्रतियोगितामा पुरुषतर्फ ४५ बर्ष भन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । रानीपौवा स्पोर्ट्स सेन्टरका खेलाडी गुरुङले ५३७.५  केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् । त्यस्तै प्रतियोगितामा महिला तर्फ सबै भन्दा धेरै तौल उचालेर ज्योति थापा ओभरअल च्याम्पियन बनिन् । बब्स जिमका थापाले  ५५.१ देखि ६३ केजी तौल समूहमा ३४७.५  केजी तौल उठाएर प्रथम हुँदै ओभरअल च्याम्पियन बनेकी हुन् । सोहि तौल समूहमा कास्कीकै पुनम बम्जनले ३२७.५  केजी तौल उठाएर रजत पदक जितिन् । 

 

त्यस्तै ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै सनिस श्रेष्ठले स्वर्ण पदक हात पारे। श्रेष्ठले ५४२.५ केजी तौल उठाएका थिए । ९३.१ केजी तौल भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा सुमिन परियारले ४८४.५ तौल उठाएर रजत पदक जिते। त्यसै गरि महिला तर्फ ६३ केजी भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा शर्मिला शाहले स्वर्ण पदक जितिन् । शाहले  ३९२.५  केजी तौल उठाएकी थिइन् । सोहि तौल समूहमा कास्कीकै सिमा गुरुङले ३७७.५  केजी तौल उठाएर रजत पदक जितिन् । ५५ केजी भन्दा कम तौल समूहमा सपना गुरुङले  २७७.५  केजी तौल उठाएर कास्य पदक जितिन् । 

 

प्रतियोगितामा महिला तर्फको ओभरअल च्याम्पियन ज्योति थापाले रु एक लाख प्राप्त गरिन् । त्यस्तै मास्टर ओभरअल च्याम्पियन टेकेन्द्र गुरुङले २५ हजार रुपैयाँ प्राप्त गरे । बाँकी विभिन्न तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलोले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगर सहित पदक प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फको ओभरअल च्याम्पियन भने काठमाडौंका सुकदेव श्रेष्ठ भए ।  सुकदेव र ज्योति थापा  अघिल्लो संस्करणका च्याम्पियन पनि हुन्।  

 


प्रतियोगितामा भाग लिन कास्कीबाट ९ जना पुरुष र ६ जना महिला गरि १५ जना सहभागी भएको कुरा नेपाल पावरलिफ्टिङ संघ कास्कीका अध्यक्ष हसन गुरुङले बताए । गुरुङले अरु जिल्लाको तुलनामा कास्कीले अधिक सफलता प्राप्त गरेको बताए ।  पावरलिफ्टिङ खेलमा कास्कीका खेलाडीहरु निकै मिहिनेतका साथ लागेका थिए । अहिले सफलता मिल्दा खुसि लाग्यो, गुरुङले भने, यसमा खेलकुद मन्त्रालय  गण्डकी प्रदेशको पनि ठुलो साथ रहेको छ। आर्थिक मात्र नभई विभिन्न रुपमा सहयोग गर्नले नै यो सफलता मिलेको हो।  आगामी दिनमा पनि यस्तै सहयोग भए पावरलिफ्टिङ खेलमा हाम्रो प्रदेश सधैँ अगाडी रहनेछ । पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी र रेफ्री समेत रहेका गुरुङ १५ जना खेलाडीका नेतृत्व गरेर आफैँ राजधानी पुगेका थिए । 

 

प्रतियोगितामा १५८ खेलाडीले सहभागिता जनाएका थिए  । नेपाल पावरलिफ्टिङ संघ प्रतियोगीताको पहिलो संस्करण २०७७ चैतमा आयोजना गरेको थियो । संघका अध्यक्ष सुन्दर भुषालले संघले कार्यक्रम गर्ने तयारी गरिरहँदा रुप कार्कीको निधन भएकोले उनकै सम्मानमा यो प्रतियोगिता सुरु गरिएको बताए ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्