गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदाको नारा र मस्कट सार्वजनिक
काठमाडाैं | बैशाख २४, २०७९
काठमाडौँँ: गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरेको हो ।
लोगोमा गण्डकी प्रदेशको र सिंगो नेपालकै प्रतिनिधित्व हुनेगरी माछापुच्छ्रे् हिमालसँगै नेपालको राष्ट्रिय झण्डा र विभिन्न रंगलाई समावेश गरिएको छ । मस्कटमा गण्डकी प्रदेशको चिनारीको रुपमा रहेको लोपोन्मुख जनावर कस्तुरी मृग रहेको छ ।
राखेपले नवौँ राष्ट्रिय खेलकुदको नारा समेत सार्वजनिक गरेको छ । नवौँको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । लोगो, मस्कट र नारा खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको हो । नाराको रचना सुयोग्य राज काफ्लेले गर्नुभएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गर्नुभयो ।
लोगो डिजाइन गर्नुभएका भोलानाथले ५० हजार रुपियाँ पुरस्कार पाउनुभएको छ । मस्कट डिजाइन गरेवापत उहाँले २५ हजार रुपियाँ पनि पाउनुभयो । नारा बनाउने काफ्लेले १० हजार रुपियाँ प्राप्त गर्नुभयो । राखेपले लोगो, मस्कट र नारा छनोटका लागि राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा समिति बनाएको थियो । गण्डकी प्रदेशको ११ वटै जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी सहित कूल ३८ खेल समावेश गरिएको छ ।
जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिमन्यास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल , फुल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाईडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ ।
काठमाडौं: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति...
पोखरा: तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ। उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...

