खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना

नवलपुर | असोज ९, २०७९

खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना

नवलपुर  : नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ बोल्न र हातले केही पनि गर्न सक्नुहुन्न । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्नुहुन्छ । 

 

साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उहाँ जस्तै बन्ने छ । पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उहाँले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ ।     उहाँका बुबा मनबहादुर खाम्चा भन्नुहुन्छ, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।”

 

अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उहाँले कक्षा १२ कक्षा उत्तिर्ण गर्नुभएको छ । अब उहाँ उच्चशिक्षा हासिल गर्ने सुरसारमा हुनुहुन्छ । सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले  मनबहादुर सताएको छ । उहाँ भन्नुहुन्छ “छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो ।” 

 

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढ्नुभएका उहाँले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसक्नु भएको छ । “अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उहाँले भन्नुभयो । अवस्था सहज भने छैन । उहाँ परिवारको चार सन्तानमध्ये माइलो हुनुहुन्छ । आठ वर्षसम्म ओछ्यानमा बिताउनुभएका यमले आफ्नो आवाज अरूसामु पु¥याएको देख्दा आमा योगमाया औधी खुसी हुनुहुन्छ । 

 

योगमाया भन्नुहुन्छ, “मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने रु।” छोराको भविष्य सम्ँिझदै आँसु पुछ्दै उहाँले भन्नुभयो, “छोराको भविष्यको चिन्ताले सधँै सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।”

पोखराः  पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्ग...

थप पढ्नुहोस्

गण्डकी:   सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।  डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...

थप पढ्नुहोस्

रसुवा:  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएक...

थप पढ्नुहोस्