मगर विद्यार्थी गण्डकीमा लफडा
पाेखरा | असोज ९, २०७९

पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकीको दोस्रो अधिवेशन विवादित बनेको छ ।
असोज ७ र ८ गते नेपाल मगर संघ कास्कीको सभाहलमा भएको अधिवेशनमा राजनीति हाबी भएपछि विवादित बनेको हो ।
उक्त अधिवेशन विवादित मात्रै बनेन । गण्डकीको नेतृत्व सम्हाल्न डेक पुनमगरमार्फत निर्वाचित भए । भने प्रेम बुढामगरले अर्काे समिति घोषणा गरे । र दुवैले सामाजिक सञ्जाल (फेसबुक) मा बधाईसमेत खाए ।
नेपाली कांग्रेस निकटका डेक पुनमगरले चुनावमार्फत र माओवादी केन्द्र निकटका प्रेम बुढामगरले आफ्नै ढंगबाट गण्डकी प्रदेश समितिको घोषणा गरेका थिए । अधिवेशनको जिम्मेवारी पाएका केन्द्रीय महासविच प्रेम रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी हस्तान्तरण गरेर राजिनामा दिएपछि चुनावमार्फत डेक पुन मगरले ४२ मत प्राप्त गर्दै विजयी बनेका थिए ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको सर्कुलर अनुसार असोज ७ र ८ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यक्रम थियो । केन्द्रीय समितिको बाँडफाँड अनुसार गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रले महासचिव प्रेम रोकामगर र सचिव मान बहादुर थापा (मनिस) लाई पठाएको थियो ।
तर सो अधिवेशनमा राजनीति हाबी भएपछि गण्डकी प्रदेशले सर्वसम्मत नयाँ कार्यसमिति पाउन सकेन । तर चुनाव मार्फत भने डेक पुनकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन भएकाे थियाे ।
अहिले डेक पुनमगर र प्रेम बुढामगरको नेतृत्वमा गण्डकी प्रदेशमा मगर विद्यार्थी संघको दुइवटा समिति घोषणा गरिएपनि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले डेक पुनमगरकाे नेतृत्वलाइ जिम्मेवारी दिने बताइएको छ ।
केन्द्रीय अध्यक्ष विष्णु कुमार थापामगरले सुनगाभा न्यूजसँग बोल्दै सर्वसम्मत हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘आज बिहान मात्र सामाजिक सञ्जालमार्फत थाहा पाए । सबैतिर सौहाद्र वातावरणमा सम्पन्न भएको छ । तर गण्डकीमा भने राजनीति हाबी भएको पाइयो । जातिय संस्थामा यसरी राजनीति हुन नकरात्मक कुरा हो । यसले राम्रो सन्देश दिदैंन ।’
उनले गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिको सचिव र महासचिवलाई जिम्मेवारी दिएको जानकारी दिए ।
दुवै पक्षले दाबी गरेको बताउदै अध्यक्ष थापामगरले विधि विधान अनुसार गठित समितिलाई मान्यता दिइने दोहोर्याए । ‘दुवै पक्षले आधिकारिक विधि र विधान अनुसार समिति गठन गरेको भनिएको छ, उनले भने, ‘अहिले फोन सम्पर्क भइरहेको छ । दुवै पक्षलाई राखेर छलफल गछौं, विधि विधानअनुसार को आएको छ हेरेर आधिकारिकता दिन्छौं ।’
विधान अनुसार डेक पुनको टोली वैधानिक रहेको केन्द्रको ठहर छ ।
के भन्छन् डेक ?
अध्यक्ष पदका लागि अन्य आकांक्षीहरु सहमतिमा नआएपछि निर्वाचनमार्फत आफु अध्यक्षमा चुनिएको डेक पुनमगरले बताए ।
‘हामी सहमतिमा नै जान खोजेको हो । पटकपटक गरिएको छलफलमा सहमति नभएपछि हामी निर्वाचनमा होमिएका हौं, उनले भने, ‘उनीहरु निर्वाचन वहिस्कार गर्दै बाहिरिए । पछि घर गएर बन्द कोठामा बसेर समिति गठन गर्नुभयो । अनि त्यस्तो समिति कसरी वैधानिक हुन्छ ?’ उनले प्रश्न गरे ।
सो समितिको निर्वाचन मण्डलको संयोजकमा संघका केन्द्रिय महासचिव प्रेम रोकामगर थिए । तर रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी हस्तान्तरण गरेर राजिनामा दिएका थिए । त्यसपछि मनिषको नेतृत्वमा निर्वाचन सम्पन्न गरिएको थियो ।
प्रेम रोका मगर माओवादी केन्द्र पार्टी निकटमा मात्रै होइनन् उनी गण्डकी प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्र बुढामगर (सागर) का स्वकीय सचिव समेत हुन् ।
रोकामगरले निर्वाचन मण्डलबाट राजिनामा दिएपछि केन्द्रीय सचिव मान बहादुर थापा (मनिष) जो नेपाली कांग्रेस निकटका थिए । उनलाई निर्वाचन समितिको संयोजक बनाउँदै रोकामगर र असन्टुष्ट पक्ष प्रेम बुढामगर ‘क’ नेतृत्वको टोलीले वहिष्कार गरेका थिए ।
को–को थिए डेकको टिममा ?
निर्वाचन मण्डलको संयोजकका रुपमा प्रेम रोका मगरले राजिनामा दिएपछि नेपाली कांग्रेका मान बहादुर थापा (मनिष) लाई संयोजक तोक्दै डेक पुनमगरको टोलीले आफ्नो नेतृत्वमा समिति घोषणा गरे ।
सो समितिको उपाध्यक्षमा सुजन पुनमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सागर घर्तिमगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा बुद्ध गर्जामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा दिलिप रानामगर, सहसचिवमा प्रेम बुढामगर(ख) र कोषाध्यक्षमा पर्वत श्रीसमगर चयन भएकी थिइन् ।
यसैगरि सदस्यहरुमा कृष्ण बहादुरमगर, सुरेस रानामगर, सन्जोक थापामगर, भरत अर्मजा, मोहन बुढामगर, योगेन्द्र थापामगर, विपना बुढामगर, यम पुनमगर र अस्मिता थापामगरलाई छनौट गरेका थिए ।
बुढामगर भन्छन्– के प्रेम १ भोट आउने मान्छे हो ?
प्रदेश समितिमा सर्वसम्मत गर्न पहल गरेको बताउदै निर्वाचन वहिष्कार गरेको अर्काे समितिका अध्यक्षका उम्मेदवार प्रेम बुढामगर ‘क’ ले बताए ।
उनले निर्वाचन मण्डलको संयोजक विना नै गठन गरिएको डेक पुनमगरको समिति अवैधानिक भएको बताए । आफ्नो समितिमा सबै जिल्लाबाट छनौट गरिएको बताउदै आफ्नो नेतृत्वमा गठितसमिति वैधानिक भएको दोहोर्याए ।
‘मगर संघको विधि विधानले मगर संघको भातृसंगठनहरुको निर्वाचन नगर्ने भनेको छ, तर यहाँ सहमतिको प्रयास गर्दापनि निर्वाचन जाने भएपछि वहिस्कार गरेका हौं । उनले भने, ‘हामीले विधान अनुसार समिति गठन गरिएकाले हाम्रो समिति वैधानिक छ ।’
उनका अनुसार विधानमा सर्वसम्मत गर्ने भनिएकै कारण निर्वाचनमा नजाने अडान गरेको उनले बताए । ‘विधानमा सर्वसम्मत गर्ने भनिएको छ, उनले प्रश्न गरे, ‘के प्रेम बुढा १ भोट आउने मान्छे हो ? ’
को–को थिए प्रेमको समितिमा ?
प्रेम बुढामगर ‘क’ नेतृत्वको समितिको उपाध्यक्षमा समीर रोकामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा विजय घर्तीमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सगुन रानामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा सुशील थापामगर, सह–सचिवमा सोनम थापामगर र कोषाध्यक्षमा अस्मिता थापामगर सर्वसम्मत भएको घोषणा गरिएको थियो ।
यसैगरि सदस्यहरुमा मोहन बुुढामगर, कृष्ण बुढामगर, महेश घर्तीमगर, अनुप बुढामगर, सन्जोक थापामगर, विशाल पुनमगर र मौसम थापामगर चयन भएका थिए ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...