भुइँमान्छेको दशैंः ‘स्याउ बेचेर घरमा ‘दशैं’ लैजानु छ’

कास्की | असोज ११, २०७९

भुइँमान्छेको दशैंः ‘स्याउ बेचेर घरमा ‘दशैं’ लैजानु छ’

कास्की  :  ‘आयो दशैं ढोल बजाई, गयो दशैं रिन बोकाई ।’ दशैं जति नजिकिँदै जान्छ, उति नै यो पुरानो आहान सुुन्ने गरिन्छ । 

 

दशैं धेरैकालागि खानपिन, हर्षाेल्लासको चाड भएपनि भुुइँमान्छेकालागि भने दशा हुने गरेको छ । रिन खोजेर दशैं मनाउने र बाँकी महिना तिर्दै जाने परिपाटी अहिले पनि यथावत छ । 

 

यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए म्याग्दीका मनोज परियार । उमेरले ३ दशकका मनोजसँग यतिबेला मुस्ताङ्को स्याउसँगै दशैंको पनि भारी छ । दशैंको भारी पन्छाउन पहिले स्याउको भारी पन्छाउनुु पर्नेछ । 

 

स्याउको भारी घटाएर आउने नाफाबाट परिवारको ४ जनालाई ‘दशैं’ लैजानु छ । ‘म गएपछि बल्ल दशैं पुुग्छ घरमा’ मनोज भन्छन् ‘स्याउको भारी नघटे दशैंमा दुखको भारी पनि घट्ने छैन ।’

 

पोखरामा भिडभाड देख्दा दशैं आए जस्तो लाग्छ तर दिनमा डोकोमा भएको स्याउ विक्री हुँदा मेरो पनि दशैं आउने भयो भनेर खुसी लाग्छ । मुस्काउँदै उनले भने । 

 

‘स्याउँको सिजन अनुसार म एक महिना पहिले दशैं ल्याउन स्याउको साथमा पोखरा आए’ उनले भने ‘दिनमा ८ देखि ९ हजारको व्यापार भएको छ, बेलुका हिसाब गर्दा केही फाइदा भएको रकम साथमा हुँदा नजिकनजिक दशैं आए जस्तै लाग्छ ।’

 

पोखराको विपी चोकको गल्लीमा उमेरले ७ दशक पुग्न लागेका तनहुँका तिलकबहादुर  विश्वकर्मा एक डोको स्याउ, ३ काइयो केरा र केही केजी डल्ले खुर्सानी बिक्री गर्दै भेटिए । 

 

‘दशै आयो भन्छन् मलाई दशा आए जस्तो लाग्छ, बस्नलाई घर छैन, छोराछोरी साथमा छैनन्’ उनले भने ‘छोरीहरुको विवाह भयो छोराहरु कमाउन भारत गएका छन् । बिरामी श्रीमतीको उपचार खर्चको लागि स्याउ बिक्री गर्दै छु ।’ औषधी किनेर बचेको पैसाले दशैको दिन एक पाउ मासु किनेर खुवाउने बाहेकको अन्य तयारी केही नभएको उनले सुनाए ।

 

पोखरामा ४ दशक बिताएका तिलकबहादुरले थपे, ‘सिद्धार्थ चोकमा भाडाको घरमा हरेक वर्षजस्तै, बिरामी श्रीमतिसँग औषधी उपचार गरेर बचत भएको रकमले दशैं मनाउने गरेका छौं ।’ 

 

यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए काभ्रेका सिताराम रोका । महेन्द्रपुल नजिक  छाताको ओझेलमा जुत्ता सिलाइरहेका सितारामले दिनभर गरेको कमाइले दशैंको जोहो गर्ने सुनाए । 

 

‘पानी नपरे काम हुन्छ पानी परे हुदैन् ’ आइतबार मध्यान्हको चर्काे घाममा छाताको ओझेलमा जुत्ता सिलाउँदै सिताराम भन्छन् ‘हिजोआज कमाई राम्रै भएको छ । परिवारसँगको दशैं रमाइलो बनाउन केही दिनमा काभ्रे फर्किदै छु ।’

 
 

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्