जता–जता रवीन्द्र, उतै–उतै सुशिला !
पाेखरा | असोज १२, २०७९
पोखराः विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लागेका रवीन्द्र मिश्र आज औपचारिक कार्यक्रममार्फत भित्रिँदैछन् ।
विवेकशील साझाकै गण्डकी प्रदेश संयोजक रहेकी सुशिला केसी अधिकारी पनि यही मेसोमा राजीनामा सार्वजनिक गरी मिश्रसँगै राप्रपा भित्रिने भएकी छिन् । यसअघि पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी केसीले हिजोमात्रै सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी हुन् ।
अधिकारीले दिएको राजीनामामा उनीसँगै केन्द्रीय सदस्यहरु अमृत पुडासैनी, अर्जुनप्रसाद खनाल र हरिप्रसाद गौतमसमेत रहेका छन् । उनीहरु पनि राप्रपा प्रवेश गर्ने अधिकारीले जानकारी दिइन् ।
आज राप्रपा प्रवेशपछि एक हप्ताभित्र पार्टीले जिम्मेवारी दिने अधिकारीको भनाई छ । ‘हामी अरु पार्टीजस्तो यो वा त्यो जिम्मेवारी देउ भनेर झगडा गर्दैनौ’ अधिकारीले भनिन् ‘न्यायपूर्ण समायोजन हुनेछ ।’
तर यसअघि विवेकशील साझाको प्रदेश जिम्मेवारी सम्हालेकी अधिकारीले राप्रपाबाट पनि सोही हैसियतको पद पाउन भने मुस्किल छ ।
अब मिश्रसँगै राजाको लाइनमा लाग्नु हुने पक्को हो भन्ने प्रश्नमा उनले भनिन् ‘म पार्टी प्रवेश कार्यक्रमकालागि काठमाण्डौं जान एयरपोर्टमा छु, पछि विस्तृतमा कुरा गरौंला ।’
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

