‘यात्रुसँग एक मिनेट’
कैलाली | असोज १२, २०७९
कैलाली । कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष तथा जाँचस्थलमा यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिहंले जानकारी दिनुभयो ।
बसपार्कबाट छुटेका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी विभिन्न यात्रु सहायता कक्षमा पुगेलगत्तै जाँचमा सुरक्षाकर्मीले चालकका बारेमा गाडीमा सवार यात्रुसँग गरिने एक मिनेटको कुराकानीलाई यात्रुुसँग एक मिनेट भनिएको छ ।
“यात्रुको सहजताका लागि एक मिनेटमा विभिन्न कुरा सोधिन्छ”, प्रमुख सिंहले भन्नुभयो, “टिकटमा भए अनुसारको सिट पाउनु भएको छ की छैन रु आरक्षण भएको सिट सदुपयोग गर्न पाउनुभएको छ की छैन रु तोकिए बमोजिमको भाडा तिर्नु भएको छ वा बढी रु चालक सहचालकले तपाईसँग कुनै नराम्रो व्यवहार गरेको छ की छैन रु चालकको सेवा प्रभाव कस्तो छ रु यी यावत कुरा एक मिनेटमा सोधेर यात्रुलाई तपाईको यात्रा शुभ रहोस भन्ने तवरले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”
यी चारपाँच वटा प्रश्न एक मिनेटमा सोध्ने तथा सबै ठीक छ भने गन्तव्य स्थानमा जान अनुमति दिने र यदि नियम विपरीत भएको पाइएमा तुरुन्तै ‘रेन्सपोन्स’ गरी कारबाही गर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी बसपार्कबाट बस छुट्ने समय अगावै सार्वजनिक सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न पनि सुरु गरिएको छ ।
अक्सर गरेर अघिल्ला वर्षमा सवारी दुर्घटनाको विश्लेषण गर्दा थोत्रा गाडी तथा यान्त्रिकरण गड्बडीका कारण दुर्घटना हुने गरेकाले चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्थाको जाँचमा ध्यान दिइएको हो ।
चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने भएको हुँदा सवारी साधनको यान्त्रिक अवस्था जाँच नगरी सवारीसाधन सञ्चालन गर्दा सवारी दुर्घटना हुनसक्ने भन्दै उक्त कार्यलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्यूनीकरण लागि यातायात व्यवस्था कार्यालय धनगढीका प्राविधिकसहितको संयुक्त टोलीले सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न सुरु गरिएको प्रमुख सिंहको भनाइ छ ।
सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँचका साथै सवारीसाधनमा अगाडिको सिसा तथा ९ऐना० मा विभिन्न किसिमका झालर, रुमाल तथा अन्य सजावटका सामान राखिएका छन् भने तुरुन्त हटाउने गरिएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

