पोखरा मलमा चल्दै थियो कोरियाको ठगी धन्दा, पैसा असुल्दै गर्दा समातिए कृष्ण रोका

पाेखरा | असोज १४, २०७९

पोखरा मलमा चल्दै थियो कोरियाको ठगी धन्दा, पैसा असुल्दै गर्दा समातिए कृष्ण रोका

पाेखरा: पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा निलकमल म्यानपावर सञ्चालन गरी दक्षिण कोरिया पठाउने नाममा ठगी गरेको आरोपमा सञ्चालक कृष्ण रोका पक्राउ परेका छन् । 
 

 

रोकालाई बिहीबार अन्तर्वार्ता लिने भन्दै ८० जना युवासँग जनही २ लाख रुपैयाँ उठाइरहेको सूचना प्राप्त भएपछि वैदेशिक रोजगार विभागको टोलीले ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको हो । 

 

युवाहरुलाई सिजनल भिसामार्फत कोरिया पठाउने भन्दै बखुण्डोलमा अन्तर्वार्ताकालागि बोलाइएको थियो । सोहीक्रममा रोकाले बिनाभौचर जनही २ लाख रुपैयाँ उठाइरहेका थिए । आफुले बुझाएको पैसाको प्रमाण नदिएपछि सहभागीले नै विभागमा खबर गरेका थिए । 

 

यसअघि म्यानपावरको पोखरा कार्यालयमा पनि कोरिया जाने प्रक्रियामा रहेका केहीले जिल्ला प्रहरी कार्यालयमा ठगिएको सूचना दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । तर त्यसको भोलीपल्टै रोकाले अन्तर्वार्ता लिने भन्दै उनीहरुलाई ललितपुर पु¥याउन सफल भएका थिए । 

 

सरकारले वैधता नदिएको सिजनल भिसामा कोरिया पठाउने भन्दै पोखरामा करिब २ महिनादेखि रोकाले मान्छे भेला गर्दै आएका थिए । म्यानपावर कम्पनीको बोर्डसमेत नराखि ठगीमा जुटेका उनले जनही १३ लाख रुपैयाँ लिने योजनामा रहेका थिए । 

 

रोकाको यस योजनामा माछापुच्छ्रे गाउँपालिकाका साजन र गुणराज अधिकारीको सहयोग रहेको बताइएको छ । अधिकारीद्वयले छोटो समयमै युवाहरुलाई लाखौ कमाउने प्रलोभन देखाउँदै उनीहरुलाई रोकाको जिम्मा लगाउने गरेको पाइएको छ । 

 

जसमध्ये साजन तरुण दल लाहाचोकका अध्यक्ष हुन् । 

 

कोरिया जाने तयारीमा रहेको एक युवाले उनीहरुसँग अहिले २ लाख दिनुपर्ने र पछि १० देखि १३ लाख रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो । सोही अनुसार बिहीबार ८० जनासँग १ करोड ६० लाख रुपैयाँ उठाउँदै गर्दा रोका विभागको फन्दामा परेका हुन् । 

 

नेपालको कानून अनुसार कुनैपनि देशमा सिजनल भिसामा कामदा पठाउनु अवैधानिक ठहर्छ । त्यस्तै, कोरिया पठाउन सकारलेनै इपिएस प्रणालीमार्फत आफै उक्त काम गर्दै आएको छ । तर रोकाले उनीहरुलाई सरकारमार्फत नै पठाउने झुठो आश्वासन दिएको पीडितले बताएका छन् । 

 

रोकाले यसअघि पोखरामा पनि रकम उठाएर श्रीमति राजकुमारी रोकाको बैंकखातामा राख्ने गरेको सूचना पाएको विभागले जनाएको छ । 

 

यस विषयमा विभागमा महानिर्देशक उमाकान्त आचार्यले बिनाआधार कोरिया पठाइदिन्छु भन्दै पैसा असुल्ने कामलाई ‘सरासर ठगी धन्दा’ भएको जनाएका छन् । आचार्यका अनुसार सरकारले अहिलेसम्म सिजनल भिसासम्बन्धी कुनै पनि नियम बनाइसेकेको छैन । 

 

हाल रोकालाई कस्टडीमा राखेको जानकारी गराउँदै थप पीडितहरुलाई सम्पर्कमा आउन आव्हान गरी अनुसन्धान सुरु गर्ने आचार्यले बताएका छन् । 


 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्