पोखरा १७ मा धनराजले भनेः गरिब वर्गको समस्या २ वर्षमा समाधान
काठमाडाैं | बैशाख २६, २०७९
पाेखराः पोखरा महानगरमा गठबन्धनबाट महानगरका मेयर धनराज आचार्यले गरिबीको रेखामुनी रहेकाहरुको परिचयपत्र बनाएर अवसर सिर्जना गर्ने बताएका छन् ।
सोमबार पोखरा १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरा महानगरभर अझै पनि ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोले उनीहरुलाई अवसरका बाटो खोजिदिने बताएका हुन् । उनले आफूहरुले जितेमा २ वर्षभित्र आधारभुत आवश्यकता पुरा गर्नका लागि रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयरको कुर्चीमा बसेको ४५ दिनभित्र गरिबीको परिचयपत्र वितरण गरेर रोजगारीको व्यवस्था गरेर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको महसुलमा केही प्रतिशत छुट दिएर अघि बढ्ने उनको भनाई थियो । रोजगारीको अवसर भएरपनि आफूलाई पुग्नेगरी कमाउने अवस्था नभएपछि युवाहरु विदेशीन बाध्य भएकाले उनीहरुलाई स्वदेशमै ल्याउने योजना अघि सारिने उनले बताए । पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय संग्राहलयको प्रबद्र्धनमा जोड दिने उनले योजना सुनाए ।
महानगरका अधिकांश महानगरमा गठबन्धन भएपनि कतिपय वडामा मित्रवत प्रतिस्पष्र्धामा गएको बताउँदै मेयर र उपमेयर साझा रहेकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धन राष्ट्रिय आवस्यकता रहेको प्रस्ट्याए ।
गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनलाई नजिताए पोखरा पोखरा महानगरको विकास ५ वर्ष पछि पर्ने बताईन् । चुनावीसभामा बोल्दै गठबन्धनलाई नजिताए पाँच वर्ष एमालेले फेरी रजाई गर्ने र विकास नहुने जनाईन् । त्यसकारण पनि गठबन्धनलाई इमान्दार भएर जिताउन उनको अनुरोध थियो । चुनाव आउन ३ दिनमात्र रहेकाले २ दिन खटिनका लागि आग्रह गरिन् ।
‘अबको ३ दिन तपाईँहरु खटिनुहोस हामी पाँच वर्ष खटिने छौ । अहिले महानगरको सबैभन्दा खतरा भनेको भ्रष्टचार हो । पोखरा महानगरपालिकालाई अब भ्रष्टचार मुक्त महानगर बनाउने छौँ’, उनले भनिन् । आफूहरुले जितेको खण्डमा पाँच वर्षसम्म महानगरको साझा जनप्रतिनिध भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

