राष्ट्रपति भण्डारीद्धारा गुरूहरूको हातबाट टीका ग्रहण
काठमाडाैं | असोज १९, २०७९
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ ।
बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गर्नुभयो ।
राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नुहुनेछ ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

