प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी

काठमाडाैं | असोज २४, २०७९

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी तस्बिर फाइल

काठमाडौं :  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

 

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले देउवाको नामांकन जन्म मितिमा एउटा र मतदाता नामावालीमा अर्कै भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

 

प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।

 

प्रमुख निर्वाचन अधिकृत वालकृष्ण वाग्लेले उजुरी परेको पुष्टी गर्दै भने, ‘यस विषयमा कानुन वमोजिम मंगलबारसम्म निर्णय लिइने छ’ ।

 

ऐन कानुन अनुसार आवश्यक छानबिन गरिने पनि प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए । आइतबार प्रधानमन्त्रीपत्नी तथा कांग्रेस नेता आरजु देउवा वारेस भएर देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्