पोखरामा गठबन्धनको ‘वर्षे तालिका’, जीतेको भोलिपल्टदेखि काम सुरु
काठमाडाैं | बैशाख २७, २०७९

पोखराः पोखरा महानगरपालिकाबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी कोपिला रानाभाटले निर्वाचित भएदेखि एकवर्ष भित्र गर्ने कामको कार्ययोजना प्रस्तुत गरेका छन् ।
उनीहरुले पदवहालीको दिनमा नै महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने कार्यक्रम तय गरेका छन् । एक महिना भित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । ३ महिना भित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, जेष्ठ नागरि भत्ता घरदैलोमा उपलब्ध गराउने, महानगरको केन्द्रदेखि विभिन्न गाउँसम्म पुग्नका लागि साझा बस सेवा सञ्चालन गर्ने कार्यक्रम बनाएका छन् ।
यस्तै महानगरीय करको दायरा फराकिलो बनाउने कार्यविधि निर्माण, कोठा कोठा चाहार्न नपर्ने एकद्धार नीति तत्काल लागू गर्ने, अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने, प्राथमिकता तोकेर परिचयपत्र वितरण गर्ने ३ महिनामा गरिसक्ने कार्यक्रम गठबन्धनले बनाएको छ ।
त्यस्तै ६ महिनाभित्र आमा समुहहरुलाई ‘एक समुह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, परियोजना धितोमा युवा व्यावसायीका लागि १० लाख सम्मको स्टार्ट अपका रुपमा ऋण लगानी गर्ने, अति विपन्नलाई निशुल्क स्वास्थ्य विमा, कृषि उत्पादनमा समर्थन मुल्य कायम गरी महानगरले न्यूनतम मुल्यमा खरिद गर्ने व्यवस्था गर्ने, पाटी, पौवा, ढुंगेधारा, चौतारी लगायत सम्पदाको संरक्षण गर्न विषेश प्याकेज ल्याउने कार्यक्रम बनाएका छन् ।
गठबन्धनले जितको खण्डमा महानगरमा कार्यरत विदेशी नागरिकहरुलाई वर्कपरमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, विजनेश ईन्क् युवेशन ल्याव खोल्ने, वेस्ट बैंक मार्फत फोहर खरिद प्रणाली सुरु गर्ने, मेट्रिक ठेगना प्रणाली लागू गर्ने, स्कूल टू वर्क कार्यक्रम सञ्चालन, एक घर एक बगैंचा कार्यक्रम, जेष्ठ नागरिक स्याहार केन्द्र स्थापना, पोखराका प्रसिद्ध तालबाट रारा लगायत प्रमुख तालहरुमा इन्टरलेक एअर कनेक्सन गर्ने जस्ता कार्यक्रम निर्वाचित भएको ६ महिनाभित्र गरिसक्ने गठबन्धनका मेयर उपमेयरले प्रतिवद्धता जनाएका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...