पश्चिममा मौसम सुधार, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली
काठमाडाैं | असोज २६, २०७९
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ ।
हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिममा मौसम सुधार हुँदै गएको छ भने पूर्वमा केही स्थानमा आशिंक बदली हुने देखिएको छ ।
महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

