टिकट नपाएपछि ओलीको भण्डाफोर, षडयन्त्रकारी र स्वेच्छाचारी भएको आरोप

काठमाडाैं | असोज २७, २०७९

टिकट नपाएपछि ओलीको भण्डाफोर, षडयन्त्रकारी र स्वेच्छाचारी भएको आरोप

काठमाण्डौंः आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि रुष्ट भएका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले त्यसको दोष अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका छन् । 

 

राजधानीको कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले केपी ओलीमाथि ‘स्वेच्छारी निर्णय’ गरेको आरोप लगाएका छन् । 

 

‘म माथि केपी ओलीले षडयन्त्र र स्वेछाचारी निर्णय गरे’ रावलले भने ‘पार्टी सिद्धान्त र आचरण बाहिर गयो ।’ सोही प्रसंगमा उनले युनिफिकेशन चर्च र होली वाइनका अभियन्ता एकनाथ ढकाललाई टिकट दिएर आफुलाई बाहिर राख्न खोज्दा ‘स्वतन्त्र’ हुन चाहेको जनाए । 

 

पत्रकारसँग रावलले एमालेको कर्तूत भन्दै ओलीको भण्डाफोरमा लामो समय खर्चिए । एमसीसी, एसपीपी, युनिफिकेशन चर्चमा एमालेको संलग्नता रहेको रावलले सुनाए । 

 

यसअघि सरकारको उपप्रधानमन्त्री, रक्षा र गृहमन्त्री भइसकेका रावलले एमालेलाई माक्र्सवादी, लेनिनवादी भन्न नसुहाउने टिप्पणी गरे । ०७५ जेठ ३ गते माओवादीसँग आधा–आधा समय प्रधानमन्त्री हुन गरेको गोप्य निर्णयले केपी ओली एकल नेता बन्न खोजेको आरोप लगाए ।

 

‘कुनैपनि निर्णय स्थायी समितिमार्फत गरिनु पर्छ तर ओली स्वेच्छाचारी निर्णय गर्दै निरंकुशताको बाटोमा लागेको उनको भनाई छ । टिकट पाउन ओलीसमक्ष आत्मसमर्पण गर्नुपर्ने भनाई बाहिरिएपछि आफुमाथि सिँधै प्रहार गर्न खोजिएको उनले सुनाए । 

 

संसद विघटन नगर्ने निर्णय गरिएपनि पछि एकल निर्णय गर्दै ओलीले संसद भंग गरेको उनले प्रष्टए । त्यसपश्चात् पार्टी र देश जोगाउन आदालतमा दिएको समावेदनप्रति पनि ओलीले इख लिएको उनको भनार्ई छ । 

 

त्यस्तै, लिपुलेक, कालापानी  र लिम्पियाधुरालाई नक्सामा समेट्न र त्यस क्षेत्रमा सडक बनाउन माग गर्दा ओलीले नसुनेको र पछि आन्दोलन गरेपछि मान्न बाध्य भएकोसमेत उनले खुलाएका छन् । 

 

 ०७८ जेठ १० गते दश भाइको नाम दिएर गरिएको कार्वाहीप्रति उनले आक्रोश पोखे । ‘हामीले पार्टी जोगाउन खोज्दा उल्टै १० बुँदे र १० भाई भन्दै उल्टै कार्वाही गरेर इमान्दार कार्यकर्तामाथि अत्याचार गरे’ उनले भने ।

 

उनले आक्रोश पोख्दै प्रश्न गरे ‘एकीकरण ध्वस्त बनाउन विभिन्न हर्कत गर्ने नाइकेले यसको जिम्मेवारी लिनु पर्दैन, उल्टै पार्टी एकता जोगाउने खोज्ने हामीमाथि नै कार्वाही किन ?’
 

यसैगरी, उनले अछाम – १ मा भदौ १९ गते आफ्नो मात्र नम्बर सिफारिश गरिएकोप्रति जिल्ला कमिटीलाई धन्यवादसमेत दिएका छन् । उनले थपे, ‘तर मसँग नसोधी पार्टीमा योगदान नगरेकालाई ओलीले टिकट दिए ।' 

नुवाकोट:  त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् । त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मै...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँ...

थप पढ्नुहोस्

पोखरा: पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउनुभएको पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।      म...

थप पढ्नुहोस्