विभिन्न हिमाल आरोहणका क्रममा चारको मृत्यु
काठमाडाैं | बैशाख २७, २०७९

काठमाडौं- यस महिना विभिन्न हिमाल आरोहणका क्रममा चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजंगा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो ।
ल्होत्से हिमाल आरोहणका क्रममा कोरियाका आरोही टोलीका गाइड खुदम बीर तामाङ पहिलो क्याम्पबाट वेपत्ता भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो । सोमबार देखि वेपत्ता भएका गाइड तामाङको जिवित भेटिने सम्भावना नभएकाले खोजी कार्य समेत स्थगित गरिएको शेर्पाले जानकारी दिनुभयो ।
साउथ कोरियाका आरोहीहरुले ल्होत्से हिमालको नयाँ बाटो [साउथ फेस]बाट आरोहण गर्न हिमाल तर्फ उक्लेका छन् । नयाँ बाटो भएकाले गाइड तामाङ क्रेभासमा फसेको हुनसक्ने अनुमान आरोहणदलका सदस्यहरुले जनाएका छन् । तामाङको टोलीमा रहेका कोरियाका आरोही सुङ तेइक होङ सहित छ जनाले भने आरोहणलाई निरन्तरता दिदै आएको कम्पनीले जनाएको छ ।
यस अघि बैशाख २२ गते कञ्चनजंगा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको थियो । त्यस्तै गरी धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको चैत २९ गते मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ ।
बैशाख १ गते सगरमाथाको आरोहण गर्ने क्रममा एक गाइडको मृत्यु भएको छ । खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका माप्य दुधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३७ वर्षीय गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको थियो । छेटु शेर्पा/गोरखापत्र
पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न ...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवह...
काठमाडौं: सरकारले हरेक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ । २३ असारमा बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले कोदो...