प्रशिक्षकको घरमा सागकी स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु मृत अवस्थामा फेला
काठमाडाैं | बैशाख २७, २०७९
काठमाडौँ- चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।
प्रशिक्षक सन्जयको घरमा बस्दै आउनुभएकी सञ्जु आफ्नै कोठामा झुन्डीएको अवस्थामा फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताका अनुसार सोमबार प्रशिक्षक महर्जनको घरमा भोज भएको र भोजमा भारोत्तोलन खेलसँग सम्बद्ध ब्यक्तिहरुको जमघट हुँदा सञ्जुलाई सामान्य रुपमा भेट भएको थियो ।
सञ्जुलाई आफूले सोमबार सामान्य अवस्थामा पाएको पनि पूर्व प्रशिक्षक गुप्ताले बताउनुभयो । घटना स्थलमा प्रहरी पुगिसकेको र परिवारको रोहबरमा सञ्जुको मुजुल्का उठाउने काम भईरहेको नेपाल भारोत्तोलन संघले जनाएको छ । बाँके स्थायी घर भएकी सञ्जु केही दिन अघिमात्र एसियाड छनोट प्रतियोगिता खेल्न काठमाडौँ आउनुभएको थियो । उहाँ एसियाडका लागि प्रारम्भिक छनोटमा समेत पर्नुभएको थियो ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...

