नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

पाेखरा | असोज २८, २०७९

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

पोखरा :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ ।

 

लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको  खेलमा आर्मीले लुम्बिनी प्रदेशलाइृ ४–१ को फराकिलो गोलअन्तरले हराएको हो ।


एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दीनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको थियोे । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो ।


खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर बलियो आर्मी विरुद्ध लुम्विनीले खेलमा फर्कन गरेको प्रयास असफल रह्यो । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्