महिला फुटबलमा सावित्राको दोहोरो ह्याट्रिक
स्याङ्जा | असोज २८, २०७९
स्याङ्जा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार महिला फुटबलको तीन खेल सम्पन्न भएका छन् ।
स्याङजा वालिङ स्थित मालेबगर फुटबल मैदानमा भएको फुटवलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिको मद्दतमा एपिएफ फुटवल क्लबले सहज जित निकालेको छ ।
खेलमा एपिएफले प्रदेश नम्बर एक लाई ७–१ गोल अन्तरले पराजित गर्दै जित निकालेकोे हो ।
खेलको २३ औ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिईन् भने लगत्तै एकै मिनेटमा प्रदेश नम्बर १ की अन्जना थुलुङ्गे राईले एक गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याइन् ।
एपिएफकी सावित्रा भण्डारीले खेलको ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पुरा गरिन् ।
यस्तै सावित्राले खेलको दोस्रो हाफमा ५१ औँ मिनेट र ५८ मिनेटमा चौँथो र पाँचौ गोल गरिन् ।
खेलको ६० औँ मिनेटमा एपिएफकी अनिता केसीले छैटौँ गोल गरेर आफ्नो समुहलाई अगाडि सारिन् ।
त्यस्तै पुन सावित्रा भण्डारीले ६५ औँ मिनेटमा गोल गरेर दोहोरो ह्याट्रिक पुरा गरिन् ।
यस्तै शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेकोे हो ।
खेलको ३३ औ मिनेटमा गण्डकी शान्ती नेपालीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् । त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन ।
शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक–एक अंक बाँडिएको छ ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

