महिला भलिबलमा एपिएफ, बागमती र पुलिसको विजयी सुरुवात
पाेखरा | असोज २८, २०७९
पोखरा : विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् ।
म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो ।
एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि प¥यो ।
शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले ‘म्यान अफ द म्याच’को उपाधी पाए । बिहिबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो ।
समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ ।
कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिककम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक याम बहादुर गुरुङले बताए ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

