तनहुँमा उम्मेदवारी फिर्ता गर्दिन भन्ने कलिला लत्रिइन्, अब चुमानलाई सजिलो
तनहुँ | असोज २९, २०७९
सत्ता गठबन्धनको सहमति विपरित तनहुँ प्रदेश सभा १ (ख)बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीकी नेत्री कलिला खानले आज उम्मेदवारी फिर्ता लिएकी छिन् ।
गठबन्धनको सहमतिअनुसार नेकपा एसले तनहुँमा भाग नपाएपछि खानले उम्मेदवारी दिएकी थिइन् । ‘कार्वाही भोग्न तयार तर उम्मेदवारी फिर्ता गर्दिन’ भन्ने अडान राखेकी खानले आज पार्टीको निर्णय भन्दै पछि फर्किएकी हुन्
यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान चुनावी मैदानमा छन् । प्रतिगमनकारी शक्तिलाई पराजित गर्नु आजको आवश्यकता भन्दै खानले पार्टी र गठबन्धनका नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएकी छिन् ।
खानले भनेकी छिन्, ‘गठबन्धनका साझा उम्मेदवार हरिबहादुर चुमानलाई जिताउन लाग्नेछु ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

