नवौं राष्ट्रिय खेलकुद : शारीरिक सुगठनका खेलाडीको तौल लिइयो
पाेखरा | असोज २९, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्र्तगत शारीरिक सुगठन प्रतियोगिता शनिबार सहभागी खेलाडीहरुको तौल लिइएको छ ।
आईतबारदेखि पोखरा सभागृहमा सुरु हुने खेलका लागि सहभागी खेलाडीहरुको तौल लिने काम सकिएको शारीरिक सुगठन संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । शनिबार ९४ जनाको खेलाडीको तौल लिएको उनले बताए । जसमा १४ जना महिला छन् । १ सय २० जना खेलाडीको सहभागीता हुने भनिएपनि डेंगु लगायत विविध कारण सहभागी संख्या कम भएको उनले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिका अनुसार शारीरिक सुगठनका लागि शनिबारदेखि सोमबारसम्म समय तोकिएको थियो । तर, शनिबार सहभागी खेलाडीहरुको तौल नाप्ने काम सकेर प्रतियोगिता आईतबार गर्न लागिएको हो । उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् ।
उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारिरीक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

