पत्रकार गिरीलाई लोकदोहोरी पत्रकारिताबाट सम्मानित
पाेखरा | असोज २९, २०७९

पोखरा : राष्ट्रिय लोकदोहोरी पत्रकारीता पुरस्कार कास्कीबाट पत्रकार एकराज गिरी सम्मानित भएका छन् ।
राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीले पत्रकार एकराज गिरी सहित विभिन्न ब्यक्तिलाई सम्मान गरेको हो ।
आठौँ जिल्ला अधिवेशन तथा २१ औ साधारण सभामा पत्रकारीताको क्षेत्रबाट लोकदोहोरी गीत प्रतिष्ठानका गतिविधिलाई पत्रकारीताको माध्यमबाट प्रचार प्रसार गरी पु¥याएको योगदानको कदर गदै नगद, सम्मानपत्र, दोसल्ल्ला र खाँदाले सम्मान गरिएको हो । पत्रकार गिरी विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनले गोरखापत्र दैनिक, पोखरा हटलाईन दैनिक, पोखरा एफएम, गोरर्खाली रेडियो लगायतकामा काम गरेका थिए भने हाल सफल न्यूज डटकममा कार्यकारी सम्पादकका रुपमा कार्यरत रहेका छन् ।
कार्यक्रमा लोकदोहोरी गायक बद्री पराजुली, अधिबक्ता दुर्गाप्रसाद कोइरालालाई पनि नगद, सम्मानपत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । त्यस्तै प्रतिष्ठान कास्कीले तीन वर्षको मुल्याकन गदै उत्कृष्ट कार्यसमित सदस्यबाट रचित पौडेल,उत्कृष्ट विभाग प्रमुख सुनिल गायक, प्रोत्साहन पुरस्कारबाट दिवाकर भण्डारी र अनुशासिल सदस्य पुरस्कारबाट नवराज अधिकारीलाई सम्मान गरेको छ । सम्मानित सवैलाई प्रमुख अतिथि प्राज्ञ तथा प्रतिष्ठान पूर्व केन्द्रीय अध्यक्ष एवं कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कोषका उपाध्यक्ष पुरुषोत्तम न्यौपाने, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले लोकदोहोरी प्रतिष्ठानलाई अगाडी बढाउने सक्षम नेतृत्व चयन गर्न शुभकामना दिदै सम्मानित सबैलाई बधाई ज्ञापन गर्नुभयो । ,उहाँले लोकदोहोरी कलाकारहरु कामले सक्षम हुनुपर्छमा जोड दिदै भन्नुभयो,‘राम्रो गर्ने जहापनि विक्छ । त्यसैले काम गरौ ।’ उहाँले अग्रलाई सम्मान गर्ने परिपाटी विस्तारै हराउदै गएका गुनासो गदै त्यसलाई कार्यम राख्दै संस्थाको हितमा अग्रको आग्रहलाई स्वीकार गर्न अनुजलाई अनुरोध गर्नुभयो । उहाँले गीत गाउन सक्ने बनाएपनि संंस्थाका सदस्यहरुमा धैर्यता र अनुशासन सिकाउन नसकिएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, पूर्व केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, पूर्व केन्द्रीय सदस्य तारापति सुवेदी, प्रतिष्ठानका सल्लाहकार दुर्गाप्रसाद कोइराला, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष शान्ति गुरुङ, प्रतिष्ठानका पर्वतका अध्यक्ष दिपक गदाल, सम्मानित ब्यक्तित्व बद्री पराजुली, केन्द्रीय सदस्य शंकर बिरहि गुरुङ लगायतले बोल्नुभएको थियो । अधिवेशनको उद्घाट कार्यक्रम लोकदोहोरी गीत प्रतिष्ठान कास्की अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...