पुरुष ह्याण्डबलतर्फ गण्डकी प्रदेशलाई स्वर्ण

ह्याण्डबल महिला तर्फ कास्य पदक

पाेखरा | असोज ३०, २०७९

पुरुष ह्याण्डबलतर्फ गण्डकी प्रदेशलाई स्वर्ण

पोखरा : गण्डकी प्रदेशले पुरुष ह्याण्डबलतर्फ पहिलो स्वर्ण पदक जितेको छ । 

 

आठौं राष्ट्रिय खेलकुदको इतिहास दो¥हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो । शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो ।

 

फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतिय ओलम्पिक कमिटिका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १०÷१० हजार नगद प्रदान गरेका थिए ।

 

विभागीय आर्मीले रजत पदक जितेको छ । विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ । एपीएफले शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो ।

 

२०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो ।

 

नवौं राष्ट्रिय खेलकुदः महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

 

नवौं राष्ट्रिय महिला ह्याण्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले अर्को विभागीय क्लब एपीएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो ।

 

उपविजेता एपीएफले रजत पदक जितेको छ । त्यसैगरि, गण्डकी प्रदेशले कास्य पदक जितेको छ । शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्