रानामगरको मुक्तकसंग्रह ‘बरनौली’ विमोचन
पाेखरा | असोज ३०, २०७९
 
                                
                            पोखरा : साहित्यकार रीम रानामगरको मुक्तक संग्रह ‘बरनौली’ विमोचन गरिएको छ ।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको आयोजनामा साहित्यकार मगरको ‘बरनौली’ मुक्तक संग्रह गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षणमन्त्री दिपक चर्तीमगर, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का (बिखर्ची) र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले सँयुक्त रुपमा विमोचन गरिएको हो ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका वन मन्त्री चर्तीमगरले मगर समुदायका साहित्कारहरुको कृति विमोचन हुनु गौरवमय उदाहरण भएको धारणा राखे ।
‘मगर जातिको कला, सस्कृति, भाषा पछिल्लो समय लोपउन्मुख अवस्थामा छ’ उनले भने,‘ लोपउन्मुख अवस्थामा पुगेको मगर समुदायको भाषामा प्रकाशित कृति विमोचन गर्नुपाउनु मेरो भाग्य हो । साथै यो आफैमा गौरवपूर्ण उदाहरण हो ।’
मन्त्री चर्तीमगरले पछिल्लो समय भाषा पुस्तातरण नहुँदा मगर भाषा लोप हुँदै गएको बताए ।
‘पछिल्लो समय अन्य भाषाको प्रभावसँगै अग्रजहरुकै हेलचक्रयाईंले मगर भाषा लोप हुँदै गएको छ, उनले भने, ‘आफ्नो भाषालाई माया गर्न र आउने पुस्ताहरुलाई सिकाउन साहित्कारको कलम चल्न अनिवार्य छ ।’
यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (बिखर्ची) ले मातृभाषामा मुक्तक संग्रह प्रकाशन गरेका लेखक रानामगरलाई सफलताको शुभकामना व्यक्त गरे ।
‘सबै जातजातिको भाषालाई शिक्षा क्षेत्रबाट अगाडी बढाउनुपर्छ, उनले भने, ’हरेक विद्यालयमा मातृभाषा शिक्षण हुने हो भने नेपालको कुनै पनि जातिको भाषा लोप हुदैन, र सरकारको पनि त्यसतर्फ ध्यान केन्द्रित हुन आवश्यक छ ।’
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
पाल्पा: बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ । &...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            