स्क्वासः स्वर्णका लागि गण्डकीका अमृत र बागमतीका अह्रान्त भिड्ने
पाेखरा | असोज ३०, २०७९

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा गण्डकीका अमृत थापामगर र बागमतीका अह्रान्त सिम्हा भिड्ने भएका छन् ।
ओपन इभेन्टतर्फ आज (आइतबार) भएको पहिलो समिफाइनल खेलमा गण्डकीका अमृत थापामगरले सोही प्रदेशकै दिपक थापालाई ११–९, ११–५, ८–११ र ११–५ अंकसहित ४-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
त्यसैगरि अर्काे सेमिफाइनल खेलमा बागमतीका अह्रान्त सिम्हाले सोही प्रदेशकै अमिर ब्लोनलाई ११–८, ११–४, र ११–३ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए ।
बागमतीका अह्रान्त सिम्हाले स्वर्ण पदकका लागि गण्डकीका अमृत थापामगरसँग सोमबार भिड्ने छन् । भने कास्य पदकका लागि गण्डकीका दिपक थापा र बागमतीका अमिर ब्लोन प्रतिस्पर्धा गर्नेछन् ।
स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार फाइनल प्रवेश गरेका अमृत थापामगर यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फको स्वास च्याम्पियन हुन् ।
संयोजक भण्डारीले महिलातर्फ ओपन इभेन्टमा लिग चरणका खेलहरु जारी रहेको बताए ।
भण्डारीका अनुसार आज भएको खेलमा गण्डकीका कृष्णा थापामगरले सोही प्रदेशकै सृष्टिका उदासलाई ३–० को सोझो सेटमा पराजित गरिन् ।
अर्काे खेलमा बागमतीकी स्वस्तानी श्रेष्ठले गण्डकीकी करिस्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन् । त्यसैगरि बागमतीकी विपना ब्लोनले आर्मीकी अस्मिता नगरकोटीमाथी ३–० को सेटमा जीत निकालिन् ।
अर्काे खेलमा बागमतीकी भावना सुनुवारले गण्डकीकी सृष्टीका उदासलाई ३–० को सेटमा सहजै हराइन् ।
बागमतीकी स्वस्तानी श्रेष्ठले आर्मीकी अस्मिता नगरकोटीलाई ३–० को सोझो सेटमा पराजित गरिन् । यसैगरि अर्काे खेलमा बागमतीकी विपना ब्लोनले गण्डकीकी करिस्मा ओलीमाथी ३–० को सोझो सेटमा जीत निकालिन् ।
स्क्वास व्यवस्थान समितिका अनुसार सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...