एपीएफ पुरुष फुटबलको सेमीफाईनलमा
पाेखरा | असोज ३१, २०७९
पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । वागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्यो । पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै वागमतीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर दोश्रो हाफ भने वागमतीको पक्षमा रहेन ।
खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए । त्यसको एक मिनेट पछि अर्थात ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । लामाले दोश्रो हाफको ईञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

