महिला बास्केटबल आर्मी फाइनलमा

तनहुँ | कात्तिक १, २०७९

महिला बास्केटबल आर्मी फाइनलमा

 

तनहुँ:  तनहुँमा जारी थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताबाट त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ ।

 

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।


प्रतियोगिताको निर्धारित समयसम्म गण्डकी र आर्मीले ६÷६ अंकको बराबरी भएको थियो । थपिएको अतिरिक्त समयमा आर्मीका लागि सिवाङ्गी लिम्बू र जेनिसा श्रेष्ठ स्कोर गदै टोलीलाई ८–६ को अग्रता दिलाएका थिए ।


आर्मी लिग चरणमा दुवै खेल जितेर सेमीफाइनलको यात्रा तय गरेको थियो भने गण्डकी १ जित र १ हार संगै लिग चरणबाट सेमिफाइनलमा पुगेको थियो । अर्को  सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश बीच हुनेछ ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्