अस्पतालमै पुगेर भेटे श्रीनाथले विद्यालाई

पाेखरा | कात्तिक ५, २०७९

अस्पतालमै पुगेर भेटे श्रीनाथले विद्यालाई

पोखरा : नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

बरालले बुधबार अस्पतालको सघन कक्षमा भट्टराईलाई भटेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेको एकीकृत समाजवादी कास्कीका सचिवालय सदस्य घननाथ सापकोटाले जानकारी दिए । 


प्रतिनिधिसभा सदस्य पदका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि श्रीनाथ बराल गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार हुन् भने, विद्या भट्टराई एमालेको तर्फबाट उम्मेदवार हुन् । 

 

डेंगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ ।

 

उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सीपी आचार्यले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने जानकारी दिएका छन् ।
 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्