छैठौं ल्यमा पुछ: को तेस्रो रनिङशिल्ड शुरु
पाेखरा | कात्तिक ५, २०७९
पोखरा । छैठौं ल्यमा पुछ को तेस्रो रनिङशिल्ड प्रतियोगिता शुक्रबार बाट शुरु भएको छ ।
महेन्द्रपुल ल्यमा पुचको अयोजनामा भएको प्रतियोगिता आगामि आइतबार सम्म चल्ने कार्यक्रम संयोजक रबिन मान्नधरले जानकारी दिनुभयो ।
बिफिट फुटसल पोखरा ४ गणेशटोलमा जारी खेलमा १६ टिमको सहभागिता मा १३ वटा ल्मापुच टोलिको सहभागिता रहेको मान्नधरले बताउनुभयो ।
कार्यक्रममा शुक्रबार पहिलो लिग चरण खेलहरु भएका छन् । प्रतियोगिता अन्तरर्गत शुक्रवार ७ ओटा खेलहरु भएका छन् । महेन्द्रपुल लामा पुचकाका अध्यक्ष बिकल शाहिले भिन्तुनाको अवसर पारेर भाइचाराको सम्बन्ध बनाउन खेल आयोजना गरिएको जनाउनुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर ९को वडा अध्यक्ष दिपेन्द्र मर्सानिले खेलकुदको माध्यम बाट नेवार समुदायम आपसि मित्रता बढाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा ल्यमा पुच कास्कीका मधुसुधन जोशि लगाएतले नेवारी सस्कृति र खेलकुदको महत्वको बिषयमा बोल्नुभएको थियो ।
खेलमा लिगं चरण र नकाउट चरणका खेलहरु हुने छन् । प्रतियोगिताको बिजेताले रुपैंया ४० हजार,दोस्रो २० हजार , तेस्रो १० हजार क्रमस ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

