छैठौं ल्यमा पुछ: को तेस्रो रनिङशिल्ड शुरु

पाेखरा | कात्तिक ५, २०७९

छैठौं ल्यमा पुछ: को तेस्रो रनिङशिल्ड शुरु

 

पोखरा । छैठौं  ल्यमा पुछ को तेस्रो रनिङशिल्ड प्रतियोगिता शुक्रबार बाट शुरु भएको छ । 


महेन्द्रपुल ल्यमा पुचको अयोजनामा भएको प्रतियोगिता आगामि आइतबार सम्म चल्ने कार्यक्रम संयोजक रबिन मान्नधरले जानकारी दिनुभयो । 


बिफिट फुटसल पोखरा ४ गणेशटोलमा जारी खेलमा १६ टिमको सहभागिता मा १३ वटा ल्मापुच टोलिको सहभागिता रहेको मान्नधरले बताउनुभयो । 


कार्यक्रममा शुक्रबार पहिलो लिग चरण खेलहरु भएका छन् । प्रतियोगिता अन्तरर्गत शुक्रवार ७ ओटा खेलहरु भएका छन् । महेन्द्रपुल लामा पुचकाका अध्यक्ष बिकल शाहिले भिन्तुनाको अवसर पारेर भाइचाराको सम्बन्ध बनाउन खेल आयोजना गरिएको जनाउनुभयो ।


 पोखरा महानगरपालिका वडा नम्बर ९को वडा अध्यक्ष दिपेन्द्र मर्सानिले खेलकुदको माध्यम बाट नेवार समुदायम आपसि मित्रता बढाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा ल्यमा पुच कास्कीका मधुसुधन जोशि लगाएतले नेवारी सस्कृति र खेलकुदको महत्वको बिषयमा बोल्नुभएको थियो । 


खेलमा लिगं चरण र नकाउट चरणका खेलहरु हुने छन् । प्रतियोगिताको बिजेताले रुपैंया ४० हजार,दोस्रो २० हजार , तेस्रो १० हजार क्रमस ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्