‘देश चिनाउने खेल’:पहारी
पाेखरा | कात्तिक ५, २०७९
पोखरा : कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजिव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन् ।
सुर्यचन्द्र विकास समाज, पोखरा–५ को आयोजनामा शनिवारबाट मालेपाटनमा शुरु भएको वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान सांसद पहरीले यस्तो बताएका हुन् ।
अन्र्तराष्ट्रिय स्तरमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने खेल क्षेत्र नै भएकोले खेल र खेलाडीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । आगामी निर्वाचनको प्रसङ्ग जोड्दै उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए । आफुले अघिल्लो कार्यकालमा थालनी गरेका महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिलाउन फेरि आफुलाई विजयी गराउन उनको आग्रह छ ।
कार्यक्रममा बोल्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत खत्रीले स्वास्थ्य नागरिक बन्न खेलकुद महत्वपूर्ण हुने बताए । वडा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मालेपाटन खेल क्षेत्रको उर्भरभुमि भएको बताउँदै यहाँबाट थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भईसकेको उल्लेख गरे ।
कार्यक्रम आयोजक संस्था सुर्यचन्द्र विकास समाज अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको थियो । तीन दिन सम्म चल्ने प्रतियोगितामा डबल्सतर्फ २६ टिमको सहभागिता रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

