मिस सुनार बनिन् ‘सिसम’

पाेखरा | कात्तिक ६, २०७९

मिस सुनार बनिन् ‘सिसम’ PHOTO: PRABESH NEPALI

पोखरा:

प्रतिक इन्भेन्ट्सले आयोजना गरेको तेस्रो संस्करणको मिस सुनार २०२२ को ताज सिसम रामदामले जितेकी छिन् ।  शनिबार बेलुका सम्पन्न ग्राण्ड फिनालेमा १५ प्रतिष्पर्धीलाई पछी पार्दै उनले ताज जितेकी हुन् । 

 

मिस सुनारको ताजसँगै रामदामले स्कुटर सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
 

यसैगरि संगिता सुनार फस्ट रनरअप घोषित हुदै ताजसहित नगद रु ५० हजार हात पारिन् भने सेकेण्ड रनरअफ स्वेता सुनारले बनिन् । उनले क्राउन र नगद २५ हजार पुरस्कार प्राप्त गरिन् । 
पुजा विश्वकर्मा भ्युवर्स च्वाइसको उपाधिबाट पुरस्कृत भइन् ।
 

इभेन्ट आयोजना गरेका प्रतिक सुनारले विजेता तथा उपविजेताहरुलाई विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका प्रदान गरिने बताए । 

 

उनका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न मिस सुनार २०२२ को निर्णायकमा युवा व्यवसायी तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, संञ्चारकर्मी उत्सव रसाइली, फेसन डिजाइनर अमित बराल र बुगिवुगीका विजेता कविता नेपाली रहेका थिए । 

 

मिस सुनारको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धी छनोट भएका थिए । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्