‘समृद्धिको खाका कोर्न उम्मेदवार’: विद्या भट्टराई
पाेखरा | कात्तिक ६, २०७९
पोखरा : नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा समृद्धिको खाका कोर्न आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।
पोलिटिकल साईन्स सोसाइटी नेपालद्धारा आइतवार पोखरामा आयोजित कास्की जिल्लाबाट संघीय र प्रदेश सभाका उम्मेदवारहरुसँगको मंसीर ४ को निर्वाचनमा ‘तपाई किन उम्मेदवार ? भन्ने बहस कार्यक्रममा उनले पठाएको सन्देशमा अवको समृद्धिको आन्दोलन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
डेंगु संंक्रमणका कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईले पठाएकोे सन्देशमा घोषणा पत्रमार्पmत गरिएका समृद्धिका आधारलाई पुरा गर्नु आफु प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् ।
कात्तिक १ गते शरीरमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएकी भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार हुदै सामान्य अवस्थामा आएको हुँदा भोली ७ गते डिस्चार्ज हुने तयारी गरिएको अस्पताल श्रोतले जनाएको छ ।
सोसाईटीका अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका तीनै वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार, पार्टी प्रमुहरु, एवम् बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

